पथ प्रदर्शनी


जब कुनै व्यक्ति दुःखी तथा अशान्त हुन्छ तब ऊ प्रभुसँग पुकार गरेर भन्छ “हे दुःखहर्ता, सुखकर्ता, शान्तिदाता प्रभु, मलाई शान्ति देऊ।” 

विकारहरूको वशमा परेको मानिसले पनि पवित्रताको लागि परमात्माको आरती गर्दै भन्दछ - “विषयविकार मेटाऊ पाप हर देवा” अथवा "हे प्रभु, स्वामी हामी सबै लाई शुद्ध पवित्र गरिदिनुहोस्, सबै कमी कमजोरीहरूलाई हटाई असल बनाई दिनुहोस्।” 

तर परमपिता परमात्मा विकार तथा दुर्गुणहरूलाई हटाउनको लागि जुन ईश्वरीय ज्ञान र सहज राजयोग सिकाउनु हुन्छ, प्रायः त्यससँग मानिसहरू अपरिचित छन् तथा यिनीहरूलाई व्यावहारिक जीवनमा धारण पनि गर्दैनन्। परमपिता परमात्माले हामीलाई पथप्रदर्शन गर्नुहुन्छ तथा हामीलाई सहयोग पनि दिनुहुन्छ। तर पुरुषार्थ भने हामी आफैले गर्नुपर्ने हुन्छ, त्यसपछि मात्र हामी जीवनमा सही सुख र यथार्थ शान्ति प्राप्त गर्नेछौं तथा श्रेष्ठाचारी बन्नेछौं। 

आगामी पृष्ठहरूमा परमपिता परमात्माद्वारा उद्घाटित ज्ञान एवं योगको पथप्रदर्शन गरिएको छ। यसलाई चित्रको रूपमा पनि अंकित गरिएको छ। साथै हरेक चित्रको लिखित व्याख्या पनि दिइएको छ ताकि त्यसको रहस्य बुद्धिमा बसोस्। यिनीहरूलाई पढ्नाले धेरै नयाँ ज्ञान रत्नहरू मिल्नेछन्। व्यावहारिक रीति सँग राजयोगको अभ्यास सिक्न तथा जीवनलाई दिव्य बनाउनको लागि यस ईश्वरीय विश्व विद्यालयका जुनसुकै सेवा केन्द्रमा आएर निःशुल्क लाभ लिन सकिनेछ।